Matra Education बुधबार, कार्तिक ११ २०८३

राइजिङ स्टार बोर्डिङ स्कुलको छैटौँ वार्षिकोत्सव, गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

राइजिङ स्टार बोर्डिङ स्कुलको छैटौँ वार्षिकोत्सव, गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, फाल्गुन २७ २०८०


काठमाडौँ- मण्डिखाटारमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलले छैटौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । शनिवार राजधानीको धुम्बाराही स्थित दियो बैङ्केटको हलमा आयोजित एक कार्यक्रमका बिच विद्यालयले वार्षिकोत्सव सम्पन्न गरेको हो । राइजिङ स्टार बोर्डिङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रमणि दाहालको सभापतित्व र पूर्व मन्त्री तथा संविधान सभा सदस्य रेशम लामाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहँदा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा तिनका अभिभावकहरूको भव्य उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसर पारेर विद्यालयले कक्षा पाँचको अध्ययन पूरा गरेका विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको थियो । त्यस्तै गायन र नृत्यको प्रतियोगिता ‘द राइजिङ स्टार्स सिजन-२’ को ग्राण्ड फिनाले पनि उक्त अवसरमा सम्पन्न गरिएको थियो । आजका बालबालिकालाई शिक्षा, संस्कार सहित उनीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित गराउनुपर्छ भन्ने मान्यता विद्यालयले बोकेको कार्यक्रममा बताइएको थियो।

आफ्ना अभिभावकहरूलाई दियो बैङ्केट पुर्‍याएर कार्यक्रम मार्फत आफ्नो गुणस्तरको परिचय दिन विद्यालय सफल भएको छ । कार्यक्रम अवधिभर विद्यार्थीहरूले देखाएको विविध सिर्जनात्मक प्रस्तुतिहरू त्यसको प्रमाण बनेको हो। स- साना बालबालिकाहरूले देखाएको गायन, नृत्य, वक्तृत्व, वाद्यवादन आदि कला कुनै स्थापित कलाकारको जस्तो देखिन्थ्यो । बालबालिकाको अङ्ग्रेजी भाषाको स्तर र समसामयिक विषयको चेतना लोभलाग्दो थियो। अभिभावकहरू आफ्ना बालबालिकाको निपुण प्रस्तुति देखेर उत्साहित देखिन्थे।

अझै विशेष त कार्यक्रममा बोलेकी पूर्व विद्यार्थी तथा हालकी शिक्षिका बेनिश्मा कटुवालको सम्बोधन बनेको थियो। राइजिङ स्टार स्कुलकै व्यवस्थापन द्वारा सञ्चालित ह्याप्पी किड्स मन्टेश्वरीको पहिलो ब्याचकी विद्यार्थी उनी हाल उक्त विद्यालयमा शिक्षिकाका रूपमा कार्यरत छिन्। आफ्नो अनुभव बाँड्दै उनले विद्यालयले सानै देखि दिएको अवसर र शिक्षाका कारण आफू सफल भएको धारणा राखिन्। विद्यालयले आफ्नो नाम जस्तै विद्यार्थीको सुन्दर भविष्य बनाउने काम गर्ने उनको भनाई थियो।

कार्यक्रममा बोल्दै राइजिङ स्टार बोर्डिङ स्कुलका प्रधानाध्यापक कृष्ण कुमार बोहराले करिब १५ वर्ष अघि देखि मन्टेश्वरी स्कुलमा काम गर्दै आएको र ६ वर्ष राइजिङ स्टारमा बिताइसकेको स्मरण गरे । आफूले कल्पना गरे अनुसारकै सानो चिटिक्कको प्राइमरी र प्रि स्कुल बनाएको उल्लेख गरेका उनले बालबालिकाहरूको शैक्षिक सँगै सर्वपक्षीय विकासका लागि २४ सै घण्टा खटिइरहेको बताए। विद्यालयलाई आजको स्थानसम्म आउन अभिभावकको साथ र सहयोगले महत्त्वपूर्ण भूमिका खेलको भन्दै उनले त्यसका लागि आभार प्रकट गरे। राइजिङ स्टारले हरेक वर्ष परिवर्तनलाई आत्मसात् गर्दै आएको र यो वर्ष देखि स्टिम एजुकेसन जोडिन लागेको उल्लेख गरेका उनले अभिभावकको विश्वास कहिल्यै गुम्न नदिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले मञ्चमा देखाइएको प्रतिभाले स्कुलले सिकाइरहेको कुरा प्रस्ट देखिएको उल्लेख गरे। कार्यक्रम मार्फत राइजिङ स्टार अन्य स्कुलहरूको दाँजोमा फरक छ भनेर देखाउन विद्यालय सफल भएको उनको भनाइ थियो। विद्यालयमा अध्ययन गरेकै विद्यार्थी आज शिक्षिका भएर आउनु ठुलो उपलब्धि भएको उल्लेख गरेका उनले दीक्षित भएर बिदाइ हुने सम्पूर्ण बालबालिकाको उज्ज्वल भविष्यको कामना गरे।

कार्यक्रममा बोलेका अन्य सबै वक्ताहरूले राइजिङ स्टार आफ्नो उद्देश्यमा सफल विद्यालय रहेको भन्दै आगामी यात्राका लागि पनि शुभकामना दिए।

आफ्नो कार्यक्रममा देखाउने प्रस्तुतिहरूले सदा दर्शकहरूको मन जित्दै आएको राइजिङ स्टारले यो पटक बाट थपेको योगा र सन्देशमूलक नाटकले कार्यक्रमको आकर्षण बढाएका थिए।

कार्यक्रमका सभापति इन्द्रमणी दाहालले उपस्थित सबैलाई धन्यवाद दिए । देखाउनु पर्ने जति स्टेजमै देखाइसकेको हुँदा धेरै बोल्नु जरुरी नभएको भन्दै उनले आगामी दिनमा अझै राम्रो गर्दै जाने प्रतिबद्धता सहित कार्यक्रम अन्त्य गरे।

को को भए र ‘द राइजिङ स्टार्स सिजन-२’ को विजेता ?
विद्यालयले गायन तथा नृत्यको क्षेत्रमा रुचि भएका बालबालिकाहरूको प्रतिभा पहिचान, प्रस्फुटन र प्रदर्शनका लागि ‘द राइजिङ स्टार्स सिजन-२’ को आयोजना गरेको थियो। शनिवार ग्राण्ड फिनाले आयोजना गरिएको उक्त कार्यक्रम अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बनेको थियो। गायनको मूल्याङ्कन गर्ने जिम्मा वरिष्ठ संगीतकार वसन्त सापकोटाले पाएका थिए भने नृत्य निर्देशक तथा कोरियोग्राफर चक्र पुलामी र डान्सर तथा कोरियोग्राफर पुष्पा क्षेत्रीले नृत्य प्रतियोगिताको मूल्याङ्कन गरेका थिए।

मात्र एजुकेसनलाई प्राप्त नतिजा विवरण अनुसार गायन जुनियर तर्फ आयन चन्द र सुशान्त रसाइलीको जोडी प्रथम, आरुष पाठक र मिङमा शेर्पाको जोडी द्वितीय र राघव भट्टराई र बिहानी खडकाको जोडी तृतीय हुन सफल भएको छ। त्यस्तै गायन सिनियर तर्फ आरोहा निरौला र आरभ अर्यालको जोडी प्रथम, सम्राट श्रेष्ठ र रेनिश लुइँटेलको जोडी द्वितीय र भास्कर बोहरा र अरियाना गुरुङको जोडी तृतीय हुन सफल भएको छ।

त्यस्तै नृत्य प्रतियोगितामा भने कक्षागत विजेता घोषणा गरिएको थियो। विजेताहरूको सुची यस प्रकार छ:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड