Matra Education आइतबार, साउन १० २०८३

युनाइटेड कलेजमा बिसिएको पूर्ण कोटामा भर्ना, बिबिएस प्लस र बिबिएममा सीमित सिट बाँकी

युनाइटेड कलेजमा बिसिएको पूर्ण कोटामा भर्ना, बिबिएस प्लस र बिबिएममा सीमित सिट बाँकी

  • मात्र एजुकेशन
  • बिहिबार, पौस २६ २०८०


काठमाडौँ- कुमारीपाटी ललितपुरमा रहेको युनाइटेड कलेजमा यो सत्रका लागि बिसिएको पूर्ण कोटामा विद्यार्थी भर्ना भएका छन्। त्रिभुवन विश्वविद्यालयले दिएको ३५ जनाको कोटामा युनाइटेड कलेजले भर्ना खोलेको १० दिनमै पूर्ण क्षमतामा विद्यार्थी भर्ना भएका हुन्। कलेजमा सन् २०१८ देखि बिसिएको अध्यापन हुँदै आएको छ।

मात्र एजुकेसन सँग कुरा गर्दै युनाइटेड कलेजका स्नातक तह कार्यक्रम निर्देशक महेश अर्यालले आइटीमा विश्वव्यापी रूपमा भइरहेको परिवर्तन अनुसारको शिक्षा दिइरहेको कारण युनाइटेड कलेजमा पूर्ण क्षमतामा छोटो समयमै भर्ना पुरा भएको जानकारी दिए। त्रिभुवन विश्वविद्यालयले निर्दिष्ट गरेका पाठ्यक्रमहरूलाई प्रयोगात्मक तरिकाले अध्यापन गराउँदै विद्यार्थीलाई आइटी विज्ञ बनाउने गरी युनाइटेडले काम गर्दै आएको उनको भनाई छ। अर्यालका अनुसार कलेजले लागु लागेका दुई नयाँ सिद्धान्तहरूका कारण पनि युनाइटेडको बिसिएमा यति धेरै आकर्षण भएको हो। ‘सि टु सि (कलेज टु कर्पोरेट)’ मार्फत युनाइटेडका विद्यार्थीहरू कलेजमा अध्ययन गर्दागर्दै कर्पोरेट बजार सँग जोडिने व्यवस्था संस्थाले मिलाएको छ। त्यस्तै ‘एस टु ई’ (स्टुडेण्ट टु इन्टरप्रेनर) योजना मार्फत संस्थाले विद्यार्थीहरूलाई उद्यमी बन्न तालिम दिने, उत्कृष्ट लगानी विचार ल्याउनेहरूलाई लगानीको पाटोमा सहयोग गर्ने आदि गर्दै आएको छ। यसले अध्ययन पश्चात् सुनिश्चित भविष्यको निर्माण हुने हुँदा विद्यार्थीहरूले बिसिएको लागि युनाइटेड रोज्ने गरेको अर्यालको भनाई छ।

बिसिएको भर्ना करिब एक महिना अघि नै बन्द गरिएको भए पनि युनाइटेड कलेजले बिबिएस प्लस र बिबिएममा भर्ना जारी राखेको छ। यि दुई संकायमा पनि अब सीमित सिटमा मात्रै भर्ना बाँकी रहेकाले समयमै भर्ना गरेर आफ्नो सुनिश्चित भविष्यको बाटो तय गर्न संस्थाले सम्बन्धित विद्यार्थीलाई आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड