Matra Education आइतबार, साउन १० २०८३

माइतीघरमा शिक्षक आन्दोलन जारी, माग पुरा नभएसम्म विद्यालय नफर्कने

माइतीघरमा शिक्षक आन्दोलन जारी, माग पुरा नभएसम्म विद्यालय नफर्कने

  • मात्र एजुकेशन
  • आइतबार, असोज ७ २०८०


काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिमा आबद्ध शिक्षकहरूले आइतबार पनि आन्दोलन तथा विरोध प्रदर्शन जारी राखेका छन्। सरकार र नेपाल शिक्षक महासङ्घबिच शुक्रवार भएको सहमतिमा असन्तुष्ट राहत शिक्षक, पेन्सन वञ्चित शिक्षक, बाल विकास सहयोगी शिक्षक लगायतले आन्दोलन जारी राखेका हुन्। हिजो शनिवार पनि उनीहरूले विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका थिए।

राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी माग पूरा नभएसम्म विद्यालय नफर्कने र काठमाडौँमै आन्दोलन जारी राख्ने बताउँछन् । देशभरका करिब ४० हजार राहत शिक्षकलाई शुक्रवारको सहमतिले बेवास्ता गरेकाले आन्दोलन जारी राख्नुपरेको उनको भनाई छ।

राहत शिक्षकहरूले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुन पाउनुपर्ने, कुनै पनि बहानामा सरकारले राहत शिक्षकहरूलाई विस्थापित गराउन नहुने अडान लिएका छन् । त्यस्तै, पेन्सन वञ्चित शिक्षकहरू ऐन जारी नहुँदाको समयसम्म नियुक्ति पाएका शिक्षकहरूले पेन्सन सुविधा पाउनुपर्ने माग लिएर सडक आन्दोलनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड