काठमाडौँ- आन्दोलनरत नेपाल शिक्षक महासंघको मागलाई सम्बोधन गर्न शिक्षा मन्त्रालय सक्रिय भएको छ। त्यसका लागि सम्बोधन गर्न सकिने मागहरू बारे निर्णय गर्न ती मागहरूलाई आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको छ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार आन्दोलनरत शिक्षकहरूको सेवा सर्त, सरुवा, बढुवा र पदस्थापन लगायतका मुख्य मागहरूलाई प्राथमिकताका साथ समेटेर निर्णयार्थ मन्त्रिपरिषद्मा प्रस्तुत गरिनेछ। सम्भावित मन्त्रिपरिषद् बैठकले ती मागहरूमध्ये केहीलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
सरकारले समस्या समाधान वार्तामार्फत खोज्ने प्रयास गरिरहेको बताउँदै मन्त्रालयले आन्दोलन अविलम्ब अन्त्य गर्न शिक्षकहरूलाई आग्रह गरेको छ। तर माइतीघरमा शिक्षकहरूको प्रदर्शन आज पनि जारी छ।