Matra Education आइतबार, साउन १० २०८३

मनास्लु वर्ल्ड कलेजलाई ‘बेस्ट प्लस टु फर एकेडेमिक एक्सिलेन्स अवार्ड–२०२५’

मनास्लु वर्ल्ड कलेजलाई ‘बेस्ट प्लस टु फर एकेडेमिक एक्सिलेन्स अवार्ड–२०२५’

  • मात्र एजुकेशन
  • बुधबार, असोज २९ २०८२


काठमाडौँ- स्थापनाको छोटो समयमै गुणस्तरीय शिक्षाको पर्याय र विद्यार्थीको भविष्य निर्माणको आधार बनेको मनास्लु वर्ल्ड कलेजले ‘बेस्ट प्लस टु फर एकेडेमिक एक्सिलेन्स अवार्ड–२०२५’ प्राप्त गरेको छ। मंगलवार बेलायत स्थित ग्रिनविच विश्वविद्यालयमा सम्पन्न ‘नेपाल एजुकेसन अवार्ड २०२५ बेलायत’ कार्यक्रममा कलेजले उक्त अवार्ड हात पारेको हो।

कलेज रिडर्स म्यागेजिनद्वारा ग्रिनविच कलेज बेलायतको सहकार्यमा आयोजित उक्त कार्यक्रममा बेलायतका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि र ग्रिनविच विश्वविद्यालयकी उपकुलपति प्रोफेसर जेन ह्यारिङटन विशेष अतिथि रहेका थिए। मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले संस्थाको तर्फबाट अवार्ड ग्रहण गरेका थिए।

अवार्ड प्राप्त गरेपछि अध्यक्ष लामाले मात्र एजुकेसन सँगको संक्षिप्त प्रतिक्रियामा भने, “यो सम्मान सम्पूर्ण मनास्लु परिवारको प्रतिबद्धता र निरन्तर प्रयासको नतिजा हो। छोटो अवधिमै गुणस्तरीय शिक्षा, नवीन सोच र विद्यार्थी केन्द्रित अभ्यासका कारण हामीले यो अन्तर्राष्ट्रिय मान्यता पाएका हौँ।” उनले यो अवार्डले कलेजलाई अझ जिम्मेवार र सक्षम बनाउने बताए।

कार्यक्रममा नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई पनि विभिन्न विधागत श्रेणीमा सम्मान गरिएको थियो। निर्णायक मण्डलका अध्यक्ष तथा मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक बहादुर शाक्यका अनुसार, अवार्डहरू उत्कृष्टता, मूल्याङ्कन र उपलब्धिको आधारमा प्रदान गरिएको हो।

प्रमुख अतिथि राजदूत घिमिरेले यस्ता कार्यक्रमहरूले नेपालको शैक्षिक क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठा वृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। मनास्लु वर्ल्ड कलेजले छोटो अवधिमै शैक्षिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै भोलिका नेतृत्वकर्ताहरू तयार पार्ने अभियानलाई निरन्तरता दिइरहेको बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड