Matra Education बुधबार, भाद्र २४ २०८३

भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिनिधि सभाको तयारी

भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिनिधि सभाको तयारी

  • मात्र एजुकेशन
  • शुक्रबार, भाद्र १३ २०८२


काठमाडौँ – प्रतिनिधि सभाले भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ। सभामुख देवराज घिमिरे र पाँच प्रमुख राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबिच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शुक्रवार बसेको बैठकले उक्त कार्यतालिका तय गरेको हो।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट भदौ ५ गते पारित भई भदौ ६ गते प्रतिनिधि सभामा प्रतिवेदन पेस भएको विद्यालय शिक्षा विधेयकलाई अब भदौ २६ गते पारित गरेर राष्ट्रिय सभामा पठाउने कार्यतालिका प्रतिनिधि सभाले बनाएको हो। राष्ट्रिय सभाले पनि विधेयक पारित गरेपछि पुनः प्रतिनिधि सभामा फर्काइनेछ। त्यसपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइने र प्रमाणीकरण भएपछि ऐनका रूपमा लागू हुने व्यवस्था छ।

यसअघि सभामुखले प्रमुख पाँच दलका सचेतकहरूसँग छलफल गरी भूमि, नागरिकता, निजामती र संवैधानिक परिषद् सम्बन्धी विधेयकसहित पाँच वटा विधेयक भदौ महिनाभित्रै पारित गर्ने तालिका तय गरेको जानकारी दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड