Matra Education बुधबार, कार्तिक ११ २०८३

बिसिए, बिबिएम र बिबिएसका नवआगन्तुक विद्यार्थीलाई युनाइटेड कलेजले गर्‍यो अभिमुखीकरण

बिसिए, बिबिएम र बिबिएसका नवआगन्तुक विद्यार्थीलाई युनाइटेड कलेजले गर्‍यो अभिमुखीकरण

  • मात्र एजुकेशन
  • शुक्रबार, मंसिर १५ २०८०


काठमाडौँ- युनाइटेड कलेज कुमारीपाटीले बिसिए, बिबिएम र बिबिएस संकायमा भर्ना भएका नवआगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। गत आइतबार कलेज परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बिच युनाइटेडले कलेजबारे आफ्ना विद्यार्थीलाई जानकारी गराएको हो।

नवआगन्तुक विद्यार्थीको स्वागतका लागि उचित वातावरणको निर्माण गरिएको उक्त कार्यक्रमलाई औपचारिक र अनौपचारिक गरी दुई खण्डमा विभाजन गरिएको थियो। औपचारिक कार्यक्रममा शिक्षाविद् प्रा. डा. महानन्द चालिसे, भोजराज जोशी र टेक एक्सिसका सिईओ सञ्जय सुवेदीले सम्बोधन गरेका थिए। उनीहरूले पाठ्यक्रमको विषय, अध्ययन पश्चात्को अवसर, नेपालमा रहेका विभिन्न सम्भावनाहरू र समग्र शैक्षिक आयामहरू माथि आ-आफ्नो प्रस्तुति मार्फत प्रकाश पारेका थिए।

त्यस्तै कार्यक्रमको अनौपचारिक खण्डमा गायन, नृत्य लगायतका विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरू राखिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड