काठमाडौँ- शिक्षक सेवा आयोगले आगामी चैत १५, १७ र १९ गते परीक्षा सञ्चालन गर्ने गरी शिक्षक पदको खुला विज्ञापन फारम संकलन गरिसकेको छ। यसबिचमा फारम भरेकाहरू परीक्षाको बेजोड तयारीमा लागेका छन्। तिनै परीक्षार्थीहरूलाई सहयोग गर्नका लागि हामीले युनियन एजुकेसन बागबजारका सञ्चालक तथा शिक्षक सेवा आयोग तयारी कक्षाका अनुभवी प्रशिक्षक रमेश बाबु भट्टराई सँग तयारी कसरी गर्ने भन्ने बारे विशेष शैक्षिक संवाद गरेका थियौँ। प्रस्तुत छ उक्त कुराकानीबाट लिइएका पाँच प्रश्न र भट्टराईले दिएका उत्तरहरु:
१. अहिले तयारी गरिरहेका जो परीक्षार्थीहरू छन् उनीहरूका लागि यो यो तयारी गर्दा पास भइन्छ भन्ने खालका टिप्सहरू के के छन् ?
अहिलेको सिस्टम अनुसार रिडेबल मेसिनले कपि चेक गर्ने भएकोले सुरुमा परीक्षार्थीले आफूले उत्तर पुस्तिकालाई कसरी भर्ने, उत्तर पुस्तिकामा विवरण कसरी भर्ने, आफ्नो नाम सिम्बल नम्बर कसरी लेख्ने भन्ने कुरामा एकदम जानकार हुनुपर्छ । कि कसरी भर्ने, कि कुन होरु यो कुराहरू पनि जान्नु पर्छ । सबैभन्दा धेरै अंक भार कुन विषयवस्तुमा छ त्यो विषयवस्तुलाई बढी महत्त्व दिनु पर्छ । परीक्षामा हतोत्साहित हनु हुँदैन। निर्देशन राम्रोसँग पढ्नु पर्यो। त्यही निर्देशनलाई फलोअप गर्न सकियो भने पक्कै पनि सफलता प्राप्त गर्न सकिन्छ । र धेरै मिहिनेत गर्नेहरूलाई जटिल पनि छैन। त्यसैले पढाइमा नियमितता हुनुपर्छ ।
२. सफलता प्राप्त गर्न धेरै पढ्ने कि स्मार्ट पढ्ने ?
स्मार्ट पढ्ने भनेको अंक भारको आधारमा पढ्ने हो । जुन अंकभार धेरै छ त्यही विषयवस्तुलाई बढी जोड दिने र जुन कम अंकभारको छ त्यसलाई कम जोड दिने । आधिकारिक सूचनाहरूलाई फलोअप गरिरहने, समसामयिक विषयवस्तुमा जननकार भइरहने र विशेष गरी ऐन नियमावलीहरू सम्बन्धी बढी अध्ययन गर्ने । किनभने अक्षरशः सम्पूर्ण कुराहरू फलोअप गर्नुपर्ने हुन्छ । आधिकारिक डाटाहरू पत्ता लगाउने , बजारमा निस्केका पुस्तकहरू माथि मात्र पूर्ण रूपमा भर पर्न हुँदैन । शैक्षिक सामाग्रीहरू धेरै जम्मा गर्ने र तिनीहरूको सान्दर्भिकता मध्यनजर गर्दै अगाडि बढ्नु पर्छ ।
३. बस्तुगत परीक्षामा सफल हुन विद्यार्थीहरूले के के कुरामा ध्यान दिनुपर्छ ?
बस्तुगत परीक्षामा सफल हुनको लागि तथ्यपरक पढाइ हुनुपर्छ । डेट लाइन मात्र पढेर हुँदैन लजिकल प्रश्नहरू पढ्नुपर्छ । पढ्ने भनेको खालि पुस्तक मात्रै हेर्ने होइन। त्यसलाई नोट गर्ने, लेख्ने र विश्लेषणात्मक रूपमा अध्ययन सकियो भने पक्कै पनि सहज हुन्छ ।
४. कुनै पनि विद्यार्थीले बस्तुगत पास गर्यो भने उसले विषयगत परीक्षाको तयारी गर्नुपर्ने हुन्छ । विषयगत परीक्षा भनेको आफ्नो लेखाइको कुरा हो। यसमा के के कुरामा ध्यान दिनुपर्छ ?
लेखन सीप पनि एक महत्त्वपूर्ण कुरा हो । लेखनमा सफा र स्पष्ट हुनुपर्छ । जे प्रश्न सोध्यो त्यो कुरालाई उत्तर स्पष्ट लेखिसकेपछि मात्र अरू कुराहरू जोड्न सक्नुपर्छ । प्रश्नले सोधेको कुरा थोरै लेख्ने र अनावश्यक कुरा धेरै लेख्ने गर्नु हुँदैन । पृष्ठभूमि जम्मा एउटा वा दुईवटा सेन्टेन्समा लेख्नुपर्छ। मेन विषयवस्तु नै त्यही हो। त्यसलाई हामीले अधिकतम फोकस गर्ने र अन्तिममा दुई लाइनमा अथवा दुईवटा सेन्टेन्समा आफ्नो भनाइ लेख्न सकियो भने पक्कै पनि सफल हुन सकिन्छ । व्यवहारिक किसिमका शिक्षण कला सम्बन्धी, विद्यार्थीलाई आकर्षण गर्ने विभिन्न क्रियाकलाप सम्बन्धी बढी प्रश्न सोध्ने भएकोले शिक्षणको व्यवहारिक पक्षलाई नै ध्यान दिएर विषयगत तयारी गर्नुपर्छ ।
५. शिक्षक सेवा आयोगको अन्तरवार्ता कस्तो हुन्छ? त्यसको तयारी कसरी गर्ने ?
अन्तरवार्ताको लागि पहिले त्यो विषयवस्तुको तयारी हुनुपर्छ । शिक्षण विधिको बारेमा जानकार हुनुपर्छ । आफ्ना कुराहरू स्पष्ट राख्न सक्नु पर्यो अन्तरवार्तामा कन्फिडेन्स महत्त्वपूर्ण कुरा हो । प्रशिक्षकहरूका अगाडि आफूले देखाउन सक्नु पर्यो र कक्षाकोठामा गएर यो शिक्षकले अध्यापन गर्न सक्ने गुण छ है भन्ने खालको आफूलाई प्रमाणित गर्न सक्नु पर्छ ।
तपाईँ यहाँ क्लिक गरेरभिडियो पनि हेर्न सक्नुहुन्छ