Matra Education बुधबार, भाद्र २४ २०८३

प्याब्सन बागमती प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न, ५६ विद्यार्थीको सहभागिता

प्याब्सन बागमती प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न, ५६ विद्यार्थीको सहभागिता

  • मात्र एजुकेशन
  • आइतबार, भाद्र १ २०८२


काठमाडौँ – प्याब्सन बागमती प्रदेशको आयोजना तथा प्याब्सन नुवाकोटको व्यवस्थापनमा बागमती प्रदेशअन्तर्गतका १३ जिल्लाबिच अन्तरजिल्ला वक्तृत्वकला तथा ओराटोरी प्रतियोगिता सम्पन्न भएको छ। “डिजिटल युगमा युवा पुस्तामा सम्भावना र चुनौती” विषयमा आयोजित प्रतियोगिता शुक्रवार नुवाकोटको विदुर नगरपालिका स्थित रानी मौरी व्याङ्केटमा सभ्य र भव्यताका साथ सम्पन्न भएको हो।

कार्यक्रमको सभापतित्व प्याब्सन बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश संजेलले गरेका थिए भने जिल्ला विकास समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा विदुर नगरपालिकाकी उप–प्रमुख प्रभा बोगटी, प्याब्सन केन्द्रीय उपाध्यक्ष थकिन कुमार गुरुङसहित विभिन्न विशिष्ट व्यक्तित्व, शिक्षक, विद्यार्थी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

नेपाली र अङ्ग्रेजी दुवै माध्यममा भएको प्रतियोगितामा ५६ विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगिताको नेपाली माध्यममा आदर्श विद्याश्रम, चितवनकी खुसी बतौलाले प्रथम स्थान हासिल गरे। द्वितीय स्थान ब्लुवर्ड एकेडेमी, ललितपुरकी प्रियंका अस्थाना मगर र तृतीय स्थान आइरिस एकेडेमी, चितवनकी रशिम खरेलले पाए। सान्त्वना पुरस्कार विभिन्न जिल्लाका सात विद्यार्थीले जिते।

अङ्ग्रेजी माध्यमतर्फ शिक्षालय नेपाल, काठमाडौँकी आभनी खनाल प्रथम घोषित भइन्। द्वितीय स्थान सक्सेस एकेडेमी, धादिङकी सूचना अधिकारी र तृतीय स्थान प्रेमियर इन्टरनेसनल आई.बी. कन्टिनम स्कुल, ललितपुरका आगमन गौतमले पाए। यसतर्फ पनि पाँच विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रम संयोजक जितबहादुर बस्नेत र सचिव जीवनराज पन्थीले संयोजन गरेका थिए। कार्यक्रममा सिङ्गो कार्यसमितिको सक्रिय उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड