Matra Education सोमबार, साउन ११ २०८३

निमावि सामाजिकको सबै प्रदेश र अन्य तिन विषयको केही प्रदेशको लिखित परीक्षाको नतिजा सार्वजनिक

निमावि सामाजिकको सबै प्रदेश र अन्य तिन विषयको केही प्रदेशको लिखित परीक्षाको नतिजा सार्वजनिक

  • मात्र एजुकेशन
  • मंगलबार, पौस ३ २०८०


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको सामाजिक विषयको सबै प्रदेश र अन्य तिन विषयको केही प्रदेशको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

मंगलबार साँझ एक सूचना जारी गर्दै आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको सात वटै प्रदेशको सामाजिक, संस्कृत व्याकरणको मधेस, गण्डकी र लुम्बिनी प्रदेश,संस्कृत भाषा लुम्बिनी प्रदेश र संस्कृत कर्मकाण्ड विषयमा बागमती प्रदेश लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै अन्तर्वार्ता सम्बन्धी कार्यतालिका प्रकाशित गरेको हो।

आयोगको मिति २०८०-०९-०३ को निर्णयअनुसार नतिजा प्रकाशित गरिएको हो।

सफल उम्मेदवारहरूको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड