Matra Education बुधबार, कार्तिक ११ २०८३

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि १४ जना ‘सर्टलिस्ट’ मा, को को परे ?

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि १४ जना ‘सर्टलिस्ट’ मा, को को परे ?

  • मात्र एजुकेशन
  • शुक्रबार, माघ २६ २०८०


काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएका ४३ मध्ये १४ जनाको नाम ‘सर्टलिस्ट’मा राखेको छ । बिहीबार राति एक सूचना प्रकाशित गर्दै समितिले १४ जनालाई छनोट गरेको जनाएको हो।

यिनै ‘सर्टलिस्ट’ मा परेका १४ जना सँग अब समितिले अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतीकरण लिनेछ । र त्यसमध्ये तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति प्रचण्डलाई सिफारिस गर्नेछ । तिनै अन्तिम तिन मध्ये एक जनालाई उपकुलपतिको जिम्मेवारी दिइनेछ।

२ महिला र ४१ पुरुष गरी कुल ४३ आवेदन परेकोमा ‘सर्टलिस्ट’ मा १ महिला र १३ पुरुष परेका छन्। समितिले कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुरलाई सर्टलिस्टमा राखेको छ ।

शिक्षा मन्त्री अशोक कुमार राई संयोजक, शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य रहेको छनौट समितिले यी नाम छनोट गरेको हो।

‘सर्टलिस्ट’ सार्वजनिक भएपछि विवादित व्यक्तित्वहरू समावेश गरिएको भन्दै विरोध सुरु भएको छ। बौद्धिक चोरी देखि सूचना लुकाएको आरोपमा कारबाही भोगेका सम्मलाई सूचिमा अटाइएको भन्दै विरोध सुरु भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड