काठमाडौँ- चाबहिलको टेक्सास इन्टरनेसनल कलेजले स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । सोमबार मित्रपार्कको गोल्डेन दरबारमा आयोजित एक कार्यक्रमका बिच टेक्सासले बिबिएस प्रथम वर्ष तथा बिएसडब्लु प्रथम वर्षलाई स्वागत गरेको हो । त्यस्तै टेक्सास बाट आफ्नो अध्ययन पूरा गरेका बिबिएस चौथो वर्ष तथा बिएसडब्लु चौथो वर्षका विद्यार्थीलाई कलेजले अभिनन्दन गरेको हो। कार्यक्रममा विद्यार्थीका प्रतिभाले भरपुर अनौपचारिक कार्यक्रम र स्वागत बधाई सहितको औपचारिक कार्यक्रम मुख्य आकर्षणका रूपमा रहेका थिए ।
टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका अध्यक्ष भेषराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन डा. वामदेव अधिकारी विशेष अतिथिका रूपमा रहेका थिए। त्यस्तै टेक्सासका प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रधानाध्यापक डा श्याम सुन्दर श्रेष्ठ सहित विभाग प्रमुखहरू तथा अध्यापकहरूको उपस्थिति थियो। कार्यक्रममा टेक्सासका प्राध्यापक, विद्यार्थीका अलावा अन्य प्राज्ञिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।
टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित सबैलाई कार्यक्रम बारे जानकारी गराए । विद्यार्थीको सफलता र सारथि बन्नका लागि टेक्सास टिम सधैँ तत्पर रहेको भन्दै प्रमाणपत्र मात्रै दिने भन्दा पनि सीप र क्षमता विकास गरेर बजारको आवश्यकता सुहाउँदो जनशक्ति उत्पादन गर्नमा टेक्सास केन्द्रित रहेको उनको भनाइ थियो। विद्यार्थीले नजितेसम्म आफूहरूले जित्न नसक्ने भन्दै उनले आफ्नो जीवनको जिम्मेवारी आफैँ लिएर निरन्तर अघि बढ्न सुझाव दिए। टेक्सासले मास्टर्स पछि मात्रै विद्यार्थीलाई बिदाइ गर्ने भएकाले यो बधाई कार्यक्रम मात्र भएको उनको भनाई थियो।
कार्यक्रम सञ्चालक तथा टेक्सासका एकेडेमिक कोअर्डिनेटर अग्नि लुइँटेलले कार्यक्रम मार्फत स्वागत बिदाइ मात्रै गर्ने भन्दा पनि विद्यार्थीको भावी जीवनका लागि केही महत्त्वपूर्ण खुराक पनि दिने प्रयास रहेको बताए । त्यस्तै टेक्सासले हलबाट मात्र आफ्ना विद्यार्थीलाई बिदाइ गर्ने उनको भनाइ थियो ।
त्यस्तै टेक्सास इन्टरनेसनल कलेजका अध्यक्ष भेस राज पोखरेलले कलेजले ज्ञानको दायरालाई कक्षाकोठाको ४ भित्ता र पाठ्यपुस्तकको दुई पानामा सीमित राख्ने चलनको अन्त्य गरेको बताए। नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै उनले जीवनको लक्ष्य तय गरेर त्यसलाई भेट्ने गरी लाग्न सुझाव दिए। कलेजले एउटा प्रमाणपत्र थप्ने नभई केही मूल्य मान्यताहरू स्थापित गर्ने र भविष्य निर्माणको आधार दिने उल्लेख गरेका उनले सिकेका ज्ञानहरू जीवनमा प्रयोग गर्न विद्यार्थीलाई अनुरोध गर्दै आगामी जीवनका लागि शुभकामना दिए ।
कार्यक्रममा बोलेका विभिन्न तहका विद्यार्थीहरूले टेक्सास कलेज सँगको यात्रा र छान्नुको कारणबारे आफ्नो धारणा राखेका थिए। अध्ययन पुरा गरेका विद्यार्थीहरूले कलेजमा छिरेको पहिलो दिन देखि आजसम्म टेक्ससले आफ्ना सबै अपेक्षाहरू पूरा गरेको बताए। त्यस्तै फेयरवेल पछि पनि कलेजले आफ्नो ब्याचका साथीहरूको लागि वर्कसप आयोजना गर्ने योजना बनाएको भन्दै उनीहरूले कलेजमा पढुन्जेल मात्रै नभई आफ्नो त्यसपछिको करियरका लागि पनि टेक्सासले योगदान गरेको बताए। टेक्सास आउने विद्यार्थीलाई गुनासो गर्ने कुनै पनि मौका कलेजले नदिने उनीहरूको दाबी थियो।
कार्यक्रमका अतिथि वक्ताहरूले विद्यार्थीहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिए। आफू, समुदाय र राष्ट्रका बारेमा सोचेर विद्यार्थीहरूले मेहनत गर्नुपर्नेमा उनीहरूको जोड थियो।
कार्यक्रमका अन्य वक्ताहरूले समेत टेक्सास छनोट गरेर आएका विद्यार्थीको यो उत्कृष्ट छनोट हुने भन्दै बधाई तथा शुभकामना दिएका थिए । विद्यार्थीहरूले अनौपचारिक सत्रमा आफ्ना विविध प्रतिभाहरू मार्फत उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।