काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको नेपाली विषय लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बिहीबार एक सूचना जारी गर्दै आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कोसी प्रदेश,मधेस प्रदेश र बागमती प्रदेशको नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै अन्तर्वार्ता सम्बन्धी कार्य तालिका सार्वजनिक गरेको हो। आयोगको मिति २०८०-०८-२८ को निर्णयअनुसार नतिजा प्रकाशित गरिएको हो।
सफल उम्मेदवारहरूको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्।