Matra Education आइतबार, साउन १० २०८३

कृष्णकुमार बोहराको नेतृत्वमा बन्यो अपेनको नयाँ कार्यसमिति

कृष्णकुमार बोहराको नेतृत्वमा बन्यो अपेनको नयाँ कार्यसमिति

  • मात्र एजुकेशन
  • आइतबार, जेष्ठ १७ २०८३


काठमाडौँ- शनिवार सम्पन्न एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) को तेस्रो राष्ट्रिय महाधिवेशनले कृष्ण कुमार बोहराको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा राज्यलक्ष्मी बैदार वरिष्ठ उपाध्यक्ष चयन हुँदा उपाध्यक्षहरूमा उमानाथ निरौला, शारदा पाण्डे, रेखा हमाल र अर्जुनसिंह क्षेत्री निर्वाचित भएका छन्। त्यसै गरी महासचिवमा सम्झना बस्नेत, सचिवमा अनिल आचार्य र निर्मल नेपाल तथा कोषाध्यक्षमा रेणुका कोइराला निर्वाचित भएका छन्।

कार्यसमितिका सदस्यहरूमा मुना दाहाल, प्रकाश अधिकारी, ताराप्रसाद पन्थ, प्रकाश अधिकारी (लुम्बिनी), मुना श्रेष्ठ, उमेश अधिकारी, सृष्टि ढुङ्गाना र किरण गोसाईं रहेका छन्।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन समितिले अध्यक्ष र महासचिवका लागि निर्वाचन गराएर अरू पदमा सहमति गराएको थियो। अध्यक्ष पदका लागि रिता घिमिरे तिमल्सिना र महासचिव पदका लागि पविन जंग थापाले समेत उम्मेदवारी दिएका थिए।

नवनिर्वाचित अध्यक्ष बोहरा तथा सम्पूर्ण केन्द्रीय कार्यसमिति पदाधिकारीलाई विभिन्न शैक्षिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नवगठित नेतृत्वले मन्टेश्वरी प्रि-स्कुलहरुको हित, निजी शैक्षिक संस्थाहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत सुदृढीकरणका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड