Matra Education आइतबार, साउन १० २०८३

काठमाडौँ महानगरपालिकाले खुलायो प्लस टु छात्रवृत्तिका लागि परीक्षाको आवेदन

काठमाडौँ महानगरपालिकाले खुलायो प्लस टु छात्रवृत्तिका लागि परीक्षाको आवेदन

  • मात्र एजुकेशन
  • बुधबार, बैशाख ३० २०८३


काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षाको आवेदन खुला गरेको छ। महानगरपालिकाले परीक्षा प्रणाली मार्फत छात्रवृत्ति प्रदान गर्ने जनाएको छ।

महानगरपालिकाका अनुसार आवेदन फाराम भर्ने प्रक्रिया २०८३ जेठ १ गते बिहान १० बजेदेखि सुरु हुनेछ भने आवेदन दिने अन्तिम मिति जेठ १० गते राति ११:५९ बजेसम्म तोकिएको छ। विद्यार्थीहरूले महानगरपालिकाको वेबसाइट तथा प्रवेश परीक्षाको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्।

छात्रवृत्ति परीक्षा २०८३ जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुविकल्पीय प्रश्न सोधिने जानकारी दिइएको छ।

महानगरपालिकाले विषयगत अङ्कभार, विद्यालय अनुसारको छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड