Matra Education आइतबार, साउन १० २०८३

एप्पल सिड प्रि स्कुलको अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

एप्पल सिड प्रि स्कुलको अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

  • मात्र एजुकेशन
  • मंगलबार, चैत्र २० २०८०


काठमाडौँ- खुसिबू नयाँ बजारमा रहेको एप्पल सिड प्रि स्कुलको अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न भएको छ। शनिवार विद्यालय परिसरमा आयोजित एक भव्य समारोहका बिच विद्यालयले कार्यक्रम मार्फत शिक्षण सिकाई प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने अभिभावकहरूको सम्मान गर्दै कक्षा युकेजी उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेको हो।

एप्पल सिड प्रि स्कुलका प्रधानाध्यापक सञ्जीव कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व शिक्षा सचिव शङ्कर प्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै कार्यक्रममा अपेनका महासचिव कृष्ण कुमार बोहरा, पूर्व राजपरिषद् सदस्य डा रत्न कमल वैद्य, प्राध्यापक दामोदर पाण्डे र संगीति नेवा खलका अध्यक्ष हेम रत्न शाक्य विशेष अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा अतिथिका रूपमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका आमन्त्रित प्रधानाध्यापकहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहित विद्यालयका शुभचिन्तकहरू रहँदा विद्यालयका शिक्षक/ शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको व्यापक उपस्थिति कार्यक्रममा रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूका प्रतिभाले भरपुर विविध सिर्जनात्मक प्रस्तुतिहरू मार्फत आफ्ना अभिभावकहरूको मन जित्न विद्यालय सफल भएको थियो। स- साना बालबालिकाहरूले देखाएको गायन, नृत्य, वक्तृत्व, वाद्यवादन आदि कला कुनै स्थापित कलाकारको जस्तो देखिन्थ्यो । बालबालिकाको अङ्ग्रेजी भाषाको स्तर र समसामयिक विषयको चेतना लोभलाग्दो थियो। अभिभावकहरू आफ्ना बालबालिकाको निपुण प्रस्तुति देखेर उत्साहित देखिन्थे।

कार्यक्रममा कक्षा युकेजी उत्तीर्ण विद्यार्थीलाई उज्ज्वल भविष्यको कामना गर्दै बिदाइ गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड