काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आज राति सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार साँझ ८ बजे पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिनेछ भने विद्यार्थीहरूले राति ९ बजेपछि आफ्नो नतिजा हेर्न सक्नेछन्।
बोर्डले नतिजा प्रकाशन गर्ने निर्णय गरिसकेको जनाएको छ। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण अघिल्ला वर्षभन्दा छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको बोर्डको भनाइ छ।
यस वर्ष एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले फाराम भरेका थिए। सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन्।
परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म देशभर सञ्चालन गरिएको थियो।
विद्यार्थीहरूले एसएमएस, आईभीआर (IVR) तथा विभिन्न वेबसाइटमार्फत नतिजा हेर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
एसएमएस तथा आईभीआर सेवा
– नेपाल टेलिकम: १६००
– जानकी टेक्नोलोजी: ३५००१
– एम्बिसन गुरु: ३१०६९
वेबसाइटमार्फत नतिजा हेर्ने स्थान
– SEE Official Website
– NEB Official Website
– SEE NTC Result Portal
– eKantipur
– EduSanjal SEE Result
– Khalti App