Matra Education आइतबार, साउन १० २०८३

अपेन गोदावरीले साताभर मनायो वातावरण दिवस

अपेन गोदावरीले साताभर मनायो वातावरण दिवस

  • मात्र एजुकेशन
  • बिहिबार, जेष्ठ २४ २०८१


काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को गोदावरी नगर समितिले साताभर विभिन्न कार्यक्रम गरेर वातावरण दिवस मनाएको छ। एक हप्ता अघि बाट सुरु भएको कार्यक्रम हिजो जुन ५ तारिख विश्व वातावरण दिवसका दिन समापन गरिएको हो।

अपेन गोदावरी अध्यक्ष पविन थापाले मात्र एजुकेसनलाई दिएको जानकारी अनुसार गत जेठ १६ गते सुरु भएको साता व्यापी कार्यक्रमको पहिलो दिन वृक्षारोपण गरिएको थियो। त्यस्तै दोस्रो दिन वातावरण सरसफाइ, तेस्रो दिन फोहोर व्यवस्थापन, चौथो दिन डकुमेन्ट्री प्रदर्शन, पाँचौँ दिन फोहोर व्यवस्थापन सम्बन्धी ‘आर्ट एन्ड क्राफ्ट’, छैटौँ दिन जनचेतनामूलक कार्यक्रम र सातौँ दिन ६ दिन सम्म गरिएका क्रियाकलापहरूको प्रस्तुतीकरण तथा वातावरण सम्बन्धी चित्रकला प्रतियोगिता आयोजना गरेर सम्पन्न गरिएको थियो।

कार्यक्रम अपेन गोदावरीका अध्यक्ष थापाको सभापतित्व तथा गोदावरी नगरपालिका वडा न ३ का अध्यक्ष राज घिमिरे र वनस्पति उद्यान गोदावरीका प्रमुख मधुसुधन थापाको विशेष आतिथ्यमा सम्पन्न भएको थियो। अपेन गोदावरीका पाँच सदस्य विद्यालयले यो कार्यक्रममा भाग लिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड