काठमाडौंँ- मन्टेश्वरी तथा प्रि–स्कुलहरुको छाता संगठन ‘एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन)’ को तेस्रो नगर अधिवेशन २०८३ बाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
धुम्बाराहीस्थित सूर्य इभेन्ट्समा वैशाख २६ गते आयोजित कार्यक्रममा उपत्यकाभरिका १५ वटा नव निर्वाचित कार्यसमितिले एकैसाथ पदभार ग्रहण गरेका हुन् ।
अपेन केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई परिचयपत्र र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा करिब तीन सय जना कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रि–स्कुल शिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत सहकार्य तथा प्रारम्भिक बाल शिक्षालाई थप व्यवस्थित बनाउने विषयमा समेत जोड दिइएको थियो ।
