Matra Education आइतबार, साउन १० २०८३

पहिलो ‘अपेन महिला फुटसल कप–२०२६’ आयोजना हुने

पहिलो ‘अपेन महिला फुटसल कप–२०२६’ आयोजना हुने

  • मात्र एजुकेशन
  • मंगलबार, असार १६ २०८३


काठमाडौँ- नेपालस्थित मलेसियाली दूतावास र एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को संयुक्त सहकार्यमा पहिलो पटक ‘पहिलो अपेन महिला फुटसल कप–२०२६’ आयोजना हुने भएको छ।

आयोजकका अनुसार प्रतियोगिता आगामी असार २७ र २८ (जुलाई ११–१२) मा धन्वन्तरि फुटसल, कालोपुल, काठमाडौँमा सञ्चालन हुनेछ। प्रतियोगिताको व्यवस्थापन जोम नेपालले गर्नेछ।

अपेनको इतिहासमै पहिलो पटक आयोजना हुन लागेको यस प्रतियोगिता ‘भिजिट मलेसिया २०२६’ अभियानसँग पनि जोडिएको छ।  अपेनका नगर समितिका महिला पदाधिकारीहरुको सहभागिता रहने प्रतियोगिता मार्फत अपेनका नगर समितिका महिला पदाधिकारीहरुको सहभागित आपसी मित्रता, सहकार्य, टोली भावना तथा खेलमार्फत सञ्जाल विस्तार गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता ५–ए–साइड ढाँचामा खेलाइनेछ भने प्रत्येक टोलीमा तीन जना वैकल्पिक खेलाडी राख्न सकिने व्यवस्था गरिएको छ। सहभागी टोलीले प्रति टोली १० हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ।

प्रतियोगितामा विजेता टोलीले ५० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ तथा तृतीय हुने टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

सहभागिताका लागि आवेदन दिने अन्तिम मिति असार २० (जुलाई ४) तोकिएको छ। आयोजकले अपेनका प्रदेश, जिल्ला तथा स्थानीय समितिमार्फत आबद्ध संस्थाहरूलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।

जोम नेपालका संस्थापक निर्देशक उमेश अधिकारी ले जारी गरेको निमन्त्रणा पत्रमा खेलमार्फत मित्रता, खेल भावना र पारस्परिक सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। साथै, प्रतियोगितालाई भव्य र सफल बनाउन अपेनका सबै सदस्य संस्थाको सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड