काठमाडौँ- पूर्व प्राथमिक शिक्षाको क्षेत्रमा सक्रिय एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) को तेस्रो राष्ट्रिय महाधिवेशन भोलि शनिवार राजधानी काठमाडौँमा हुने भएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । कार्यक्रममा देशभरका पूर्व प्राथमिक विद्यालय तथा सम्बन्धित शिक्षकहरूको उल्लेखनीय सहभागिता रहनेछ ।
महाधिवेशनको उद्घाटन समारोह जेठ १६ गते शनिवार बिहान ९:०० बजे होटल वेस्ट वेस्टर्न प्लस, पिंगलास्थान, काठमाडौँमा आयोजना गरिने अपेन महासचिव कृष्ण कुमार बोहराले बताए। कार्यक्रममा संस्थागत विकास, नीति तथा शैक्षिक गुणस्तर सुधार लगायतका विषयमा छलफल हुने उनको भनाई छ । त्यस्तै आगामी तिन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने कार्यतालिका रहेको छ।
कार्यक्रमलाई होराइजन ‘इन्टरएक्टिभ स्मार्ट बोर्ड’ र ‘इनर्जी मोटर्स प्रालि’ ले सहयोग गरेका छन् भने मिडिया पार्टनरका रूपमा ‘मात्र एजुकेसन’ रहेको छ ।