Matra Education आइतबार, साउन १० २०८३

आधारभूत विद्यालय समिति भक्तपुरको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न

आधारभूत विद्यालय समिति भक्तपुरको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न

  • सत्य राम कासिछ्वा
  • शनिबार, जेष्ठ ९ २०८३


भक्तपुर- सन्तति आधारभूत विद्यालयको संयोजनमा आधारभूत विद्यालय समिति भक्तपुरको वार्षिक कार्यतालिका अनुसार चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रमका अध्यक्ष तथा सभापति एवं हंस बाहिनी आविका प्रअ सूर्यबहादुर फोजूले आधारभूत विद्यालय समिति विद्यार्थीहरूको अन्तरनिहित क्षमता प्रस्तुत गर्ने मञ्चको रूपमा रहेको बताए। उनले समितिले सोही उद्देश्यअनुसार विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए।

कार्यक्रम संयोजक विद्यालयका प्रअ दीपक माकले विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा उल्लेख्य सहभागिताले उनीहरूको चौतर्फी विकासमा सहयोग पुग्ने बताए। त्यस्तै, निर्णायक एवं चित्रकार बालकृष्ण बनमालाले कलाको माध्यमबाट विद्यार्थीहरूले आफ्नो भविष्य पहिचान गर्न सक्ने बताए।

प्रतियोगितामा विभिन्न कक्षा समूह तथा छात्र–छात्रातर्फ उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ। कक्षा १ देखि ३ स्तरीय छात्रतर्फ बालसेवक आविका युवराज घर्तीमगर प्रथम, सन्तति आविका युजन तामाङ द्वितीय, ब्रम्हायणी आविका कुशल तामाङ तृतीय तथा गणेश माविका रितिक जैसवाल र भीम आदर्श आविका रिदम तामाङ संयुक्त रूपमा सान्त्वना भएका छन्। सोही समूहको छात्रातर्फ तारा माविका सन्ध्या कुमारी साह प्रथम, गणेश माविका उजला रजक द्वितीय, नवीन आविका रूक्सना खातुन तृतीय तथा ब्रम्हायणी आविका कृति कलवार र बालसेवक आविका सोनिया नेपाली संयुक्त रूपमा सान्त्वना भएका छन्।

कक्षा ४ देखि ५ स्तरीय छात्रतर्फ सन्तति आविका कासल सेराला प्रथम, नवीन आविका नेमार तामाङ द्वितीय, ब्रम्हायणी आविका सुनिल ठाकुर तृतीय तथा समाज सुधार माविका श्रृयल सिमाछ्वा र हंस बाहिनी आविका मुस्कान बाठामगर सान्त्वना भएका छन्। छात्रातर्फ गणेश माविका रिरिका श्रेष्ठ प्रथम, ब्रम्हायणी आविका प्रिती कलवार द्वितीय, तारा माविका गंगामाया घोले तृतीय तथा हंस बाहिनी आविका नम्रता आलेमगर र बालसेवक आविका पुज्ना लामा सान्त्वना भएका छन्।

त्यस्तै कक्षा ६ देखि ८ स्तरीय छात्रतर्फ गणेश माविका पंकज महत्तो प्रथम, दत्तात्रय आविका समीर थामी द्वितीय, तारा माविका वसन्त श्रेष्ठ तृतीय तथा बालसेवक आविका आयुष तामाङ सान्त्वना भएका छन्। छात्रातर्फ बालसेवक आविका खुसी इङ्नाम प्रथम, गणेश माविका सकिला स्याङतान थामी द्वितीय, तारा माविका सुनिस्था घेमोसु तृतीय तथा सन्तति आविका निशिका खत्री सान्त्वना भएका छन्।

आधारभूत विद्यालय समिति भक्तपुरको यस वर्षको पहिलो कार्यक्रमका रूपमा सम्पन्न उक्त चित्रकला प्रतियोगिता ६ चरणमा सम्पन्न भएको थियो। प्रतियोगितामा २४ विद्यालयमध्ये १८ विद्यालयका ७० जना छात्रछात्राको सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड