Matra Education आइतबार, साउन १० २०८३

आज साँझ एसईई नतिजा आउन सक्ने, ५ बजेपछि बोर्ड बैठक बस्दै

आज साँझ एसईई नतिजा आउन सक्ने, ५ बजेपछि बोर्ड बैठक बस्दै

  • मात्र एजुकेशन
  • सोमबार, बैशाख २८ २०८३


काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड स्रोतका अनुसार अहिले अन्तिम प्राविधिक काम भइरहेको छ भने साँझ ५ बजेपछि बोर्ड बैठक बोलाइएको छ।

बोर्डका सदस्यहरूलाई बैठकमा सहभागी हुन सूचना पठाइसकिएको छ। बैठकपछि नतिजा सार्वजनिक गर्ने तयारी रहेको परीक्षा बोर्डका अधिकारीहरूले बताएका छन्। सदस्यसचिव जंगबहादुर अर्यालले पनि नतिजा प्रकाशनबारे छलफल भइरहेको जानकारी दिएका छन्।

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिटो नतिजा सार्वजनिक गर्न लागिएको बोर्डको भनाइ छ।

एसईईमा यसपटक कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले आवेदन दिएका थिए। सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड