Matra Education आइतबार, साउन १० २०८३

पिइएफ अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिताको उपाधि रुद्रमती पाठशाला र अनमोल ज्योति स्कुललाई

पिइएफ अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिताको उपाधि रुद्रमती पाठशाला र अनमोल ज्योति स्कुललाई

  • मात्र एजुकेशन
  • शनिबार, फाल्गुन १६ २०८२


काठमाडौँ- ‘प्रोग्रेसिभ एजुकेसन फोरम (पिइएफ)’ सदस्य विद्यालयहरूका लागि आयोजित अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिताको उपाधि रुद्रमती पाठशाला र मोक्षदा स्कुलले जितेका छन्। शुक्रवार सेन्ट लरेन्स स्कुलमा आयोजित फोरम अन्तर्गत यो वर्षको अन्तिम प्रतियोगितामा छात्रा तर्फ रुद्रमती पाठशाला र छात्र तर्फ अनमोल ज्योति स्कुलले उपाधि जितेका हुन्।

प्रतियोगितामा छात्रा टेबल टेनिसतर्फ मोक्षदा स्कुल दोस्रो र सेन्ट लरेन्स स्कुल तेस्रो हुन सफल भए। यो विधामा अनमोल ज्योति स्कुल चौथो भएको थियो । त्यस्तै छात्र समूहतर्फ मोक्षदा स्कुलले दोस्रो स्थान हासिल गर्‍यो भने रुद्रमती पाठशालाले तेस्रो भयो। लुम्बिनी ज्ञानदीप एकेडेमीले यो विधामा चौथो स्थान हासिल गर्‍यो ।

शुक्रवार बिहान फोरमका उपाध्यक्ष मेरमान सुनारको प्रमुख आतिथ्य तथा सदस्य विद्यालयका प्रधानाध्यापकहरूको आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको थियो। कार्यक्रममा प्रायोजक विद्यालय (सेन्ट लरेन्स स्कुल) का अध्यक्ष केशव प्रसाद दंगाल, प्रधानाध्यापक तारा प्रसाद सुवेदी, सह-प्रधानाध्यापक मुकेश दंगाल लगायत उपस्थित थिए। अध्यक्ष दंगाल र प्रमुख अतिथि सुनारले पहिलो खेल खेल्दै प्रतियोगिताको उद्घाटन गरेका थिए।

१० वटा विद्यालयको सहभागिता रहेको यो प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी तथा रेफ्रीले खेल खेलाएका थिए।

शुक्रवार साँझ नै सम्पन्न समापन समारोहमा अखिल नेपाल टेबल टेनिस महासंघका महासचिव कुवेर प्रकाश सिंह, राष्ट्रिय टेबल टेनिस खेलाडी दीक्षा दाहाल लगायतको उपस्थिति रहेको थियो। अतिथिहरू सहित सेन्ट लरेन्स कलेजका अध्यक्ष दंगाल, क्याम्पस प्रमुख पुरुषोत्तम महर्जन, प्रधानाध्यापक सुवेदी लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय टेबल टेनिस खेलाडी दाहालले आफूले सानैदेखि सपना देखेर, निरन्तर अभ्यास गरेर आज राष्ट्रिय खेलाडी बन्न सफल भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई हारसँग नडराई सधैँ खेलकुदमा लाग्न सुझाव दिइन् ।

कार्यक्रममा पिइएफले वर्षभरि गरेका कार्यक्रमहरूमा सदस्य विद्यालयहरूले बर्सभरिमा हासिल गरेको शैक्षिक प्रगतिको आधारमा मोक्षदा स्कुलले पहिलो स्थान हासिल गरेको जानकारी दिइएको थियो । त्यस्तै दोस्रोमा अनमोल ज्योति स्कुल र तेस्रोमा सेन्ट लरेन्स स्कुल रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड