Matra Education आइतबार, साउन १० २०८३

टेक्सास इन्टरनेसनल कलेजमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

टेक्सास इन्टरनेसनल कलेजमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • बुधबार, माघ २८ २०८२


काठमाडौँ- चाबहिल स्थित टेक्सास इन्टरनेसनल कलेजमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बुधवार बिहान कलेज परिसरमा आयोजित स्वास्थ्य शिविर अन्तरगत आँखा जाँच तथा दन्त परीक्षण गरिएको थियो भने रक्तदान कार्यक्रम समेत सञ्चालित थियो।

हिमाल हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा १६६ पिन्ट रगत संकलन गरिएको थियो। त्यस्तै ओमकार डेन्टलको प्राविधिक सहयोगमा सञ्चालित दन्त परीक्षणमा करिब ७०० जनाले आफ्नो परीक्षण गराएका थिए भने तिलगंगा अप्टिक सेन्टरको प्राविधिक सहयोगमा सञ्चालित आँखा जाँच बात करिब ६०० जनाले लाभ लिएका थिए। कार्यक्रम टेक्सास इन्टरनेसनल कलेज तथा लायन्स क्लब अफ टेक्सासले संयुक्त रूपमा आयोजना गरेका थिए।

कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सासका क्याम्पस प्रमुख डा. श्याम सुन्दर श्रेष्ठले आफू बाँचेको समाजलाई योगदान गर्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको बताए। ‘हामी बसेको समाज स्वस्थ भए मात्र हामी जस्ता शैक्षिक संस्था अघि बढ्न सक्छौँ भन्ने हाम्रो बुझाई छ’ उनले भने, ‘त्यसैले समाजका लागि योगदान होस् र स्वस्थ वातावरण बनाउन सकियोस् भनेर कार्यक्रम आयोजना गरिएको हो। यो कार्यक्रमले स्वास्थ्य सचेतना फैलाउन समेत योगदान गर्ने हाम्रो बुझाई छ।’ श्रेष्ठले कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड