Matra Education आइतबार, साउन १० २०८३

त्रिविको ५१औँ दीक्षान्त समारोह आज, पहिलो पटक नोबेल पुरस्कार विजेता प्रमुख अतिथि

त्रिविको ५१औँ दीक्षान्त समारोह आज, पहिलो पटक नोबेल पुरस्कार विजेता प्रमुख अतिथि

  • मात्र एजुकेशन
  • बिहिबार, पौस १० २०८२


फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज हुँदै छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाउन लागिएको छ। समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् ।

यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुनेछन्। विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका छन्।

कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउने छन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड