Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ को परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र भर्नुपर्ने

कक्षा १२ को परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र भर्नुपर्ने

  • मात्र एजुकेशन
  • मंगलबार, पौस ८ २०८२


काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले आगामी वर्ष हुने परीक्षाका लागि कक्षा १२ को परीक्षा फाराम खुलाएको छ। उक्त परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९(अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र) का विद्यार्थीका लागि फाराम खुलाइएको हो।

बोर्डले एक सूचना प्रकाशित गर्दै पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्न सूचित गरेको हो। विलम्ब शुल्कसहित भने माघ १५ गतेसम्म फाराम भर्न सकिनेछ। विद्यालयहरूले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम माघ २५ गतेसम्म बोर्डमा बुझाउनुपर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड