भारत — मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका पूर्व डिस्ट्रिक्ट गभर्नर (PDG) लायन अनन्त प्रसाद भेटवाल लायन्स अन्तर्राष्ट्रियको ५३औँ ISAME Forum, अहमदाबादमा विशेष सम्मानबाट सम्मानित हुनुभएको छ। लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष लायन ए. पी. सिंहले उहाँलाई मानवताको सेवामा पुर्याएको निरन्तर योगदान, प्रभावकारी नेतृत्व र संगठनप्रतिको समर्पणको उच्च कदर गर्दै सम्मान प्रदान गर्नुभयो।
वर्षौँदेखि निःस्वार्थ सेवामा सक्रिय PDG भेटवाल नेपाल मात्र नभई अन्तर्राष्ट्रिय लायन्स समुदायका लागि प्रेरणाको स्रोत बनेका छन्। पदावधि समाप्तिपछि पनि सक्रिय रूपमा सेवामा संलग्न रहँदै उहाँले नेपाली लायनिज्मलाई अन्तर्राष्ट्रिय मञ्चमा थप परिचित र गौरवान्वित बनाएको लायन्स नेताहरूले बताएका छन्।
यस सम्मानलाई PDG भेटवालको व्यक्तिगत उपलब्धिसँगै नेपाली लायन्स समुदायको सामूहिक गौरवका रूपमा लिइएको छ। उहाँको सेवाभाव, अनुशासित कार्यशैली र नेतृत्व क्षमताले आगामी पुस्ताका लायन्स नेताहरूलाई पनि निरन्तर प्रेरणा दिइरहने विश्वास व्यक्त गरिएको छ।