काठमाडौँ– शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले शिक्षक बढुवाका लागि नयाँ विज्ञापन प्रकाशित गरेको छ। आयोगले सोमबार जारी गरेको सूचना अनुसार इच्छुक उम्मेदवारले निर्धारित फारम भरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई मार्फत दरखास्त दिनुपर्ने छ।
बढुवा कार्य सम्पादन मूल्यांकन ७५% र आन्तरिक प्रतिस्पर्धात्मक परीक्षा २५% को आधारमा गरिनेछ। दरखास्त दिने अन्तिम मिति आगामी पुस १५ गते र दोब्बर दस्तुर सहित पुस २२ गते सम्मका लागि तोकिएको छ।
आवेदन आयोगको आवेदन पोर्टल बाट दिन सकिनेछ। विस्तृत विवरण आयोगको वेबसाइटमा प्रकाशित रहेको छ।
