Matra Education आइतबार, साउन १० २०८३

मनास्लु वर्ल्ड कलेजको खेलकुद सप्ताह सुरु

मनास्लु वर्ल्ड कलेजको खेलकुद सप्ताह सुरु

  • मात्र एजुकेशन
  • मंगलबार, कार्तिक २५ २०८२


काठमाडौँ- चुच्चेपाटी चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजमा आजदेखि खेलकुद सप्ताह सुरु भएको छ। मंगलबार बिहान कलेज परिसरमा आयोजित एक विशेष समारोहका बिच कलेजका अध्यक्ष गेन्द्र लामाले खेलकुद सप्ताहको औपचारिक उद्घाटन गरेका हुन्।

साताभर चल्ने यस कार्यक्रम अन्तर्गत फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, चेस, टेबल टेनिस लगायत दर्जनभन्दा बढी खेलकुद प्रतियोगिताहरू आयोजना हुने छन्। प्रतियोगिताका विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कार वितरण गरिने कलेजले जनाएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष लामाले यस किसिमका कार्यक्रमले विद्यार्थीको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। “मनास्लु वर्ल्ड कलेजले स्थापना काल देखि नै पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि समान जोड दिँदै आएको छ।” उनले भने, :”हाम्रा लागि खेलकुद भनेको प्रतिस्पर्धा मात्रै नभई विद्यार्थीको सर्वपक्षीय विकासको माध्यम पनि हो।”

कलेजले यस्ता गतिविधिहरूले विद्यार्थीमा आत्मअनुशासन, टोली भावना र नेतृत्व क्षमता विकास गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड