Matra Education आइतबार, साउन १० २०८३

रिलायन्स टोस्टमास्टर्स क्लबको ३०० औं श्रृङ्खला उत्साहपूर्ण वातावरणमा सम्पन्न

रिलायन्स टोस्टमास्टर्स क्लबको ३०० औं श्रृङ्खला उत्साहपूर्ण वातावरणमा सम्पन्न

  • मात्र एजुकेशन
  • शुक्रबार, कार्तिक २१ २०८२


काठमाडौँ– कपनस्थित रिलायन्स टोस्टमास्टर्स क्लबको ३०० औँ शृङ्खला भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम गत मंगलबार धुम्बाराही स्थित स्मार्ट महलमा आयोजना गरिएको थियो। क्लब स्थापनाको आठ वर्ष पूरा गर्दै उक्त विशेष शृङ्खलामा क्लबका अध्यक्ष सुस्मा तामाङले सदस्यहरूको नेतृत्व क्षमता, कार्यकुशलता र आत्मविश्वासमा उल्लेखनीय वृद्धि भएको बताइन्।

डिस्ट्रिक्ट ४१ अन्तर्गत पर्ने रिलायन्स टोस्टमास्टर्स क्लब सर्टिफाइड क्लबको रूपमा क्रियाशील छ। हरेक मंगलबार रिलायन्स पब्लिक स्कुलमा नियमित रूपमा सञ्चालन हुँदै आएको यस क्लबमा हाल २८ जना नियमित सदस्यसहित पाहुना सदस्यहरूको समेत सहभागिता रहँदै आएको अध्यक्ष तामाङले जानकारी दिइन्। रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गतका शैक्षिक संस्थाका शिक्षक तथा कर्मचारीहरू क्लबसँग आबद्ध रहेका छन्।

कार्यक्रमका अवसरमा सन् २०१६ देखि हालसम्मका सबै क्लब अध्यक्षहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजङ्ग थापा, शैक्षिक निर्देशक बिरेन्द्र कुमार मेहता, सञ्चालक नन्दुप्रसाद कुशवाहा, दामोदर निरौला र वसन्तलाल लामिछाने लगायतको उपस्थिति रहेको थियो। ३०० औँ शृङ्खलाको सञ्चालन क्लबका पूर्व अध्यक्ष दिलीप नेपालले गरेका थिए भने कार्यक्रम सांगीतिक प्रस्तुत सहित सम्पन्न भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड