Matra Education आइतबार, साउन १० २०८३

उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको अनुरोध

उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको अनुरोध

  • मात्र एजुकेशन
  • सोमबार, कार्तिक १० २०८२


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनले आफूलाई हालका लागि कुनै पनि उद्घाटन, शिलान्यास वा प्रमुख अतिथि हुने औपचारिक कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै उनले आफू संयुक्त राष्ट्रसंघको महासभा बैठकका लागि उज्बेकिस्तानमा हुने साधारण सभा तथा ब्रिटिस काउन्सिलले नाइजेरियामा आयोजना गरेको सम्मेलनमा समेत सहभागी नभएको बताएका छन्।

उनले विदेश घुम्न गयो भनेर हल्ला नगर्न अनुरोध गरेका हुन्।

पछिल्ला दिनमा मन्त्री पुन विदेश भ्रमणमा गएको भन्ने चर्चा चलेपछि उनले सो स्पष्टीकरण दिएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड