Matra Education आइतबार, साउन १० २०८३

साउथ वेस्टर्नका प्रधानाध्यापक अधिकारीलाई ‘बेस्ट प्रिन्सिपल अवार्ड–२०२५’

साउथ वेस्टर्नका प्रधानाध्यापक अधिकारीलाई ‘बेस्ट प्रिन्सिपल अवार्ड–२०२५’

  • मात्र एजुकेशन
  • बिहिबार, असोज ३० २०८२


काठमाडौँ – बेलायतको युनिभर्सिटी अफ ग्रिनविचमा सम्पन्न ‘नेपाल एजुकेसन अवार्ड्स युके २०२५’ समारोहमा साउथ वेस्टर्न स्कुलका प्रधानाध्यापक डा. रमेश अधिकारी ‘बेस्ट प्रिन्सिपल अवार्ड–२०२५’ बाट सम्मानित भएका छन्।

सोमबार सम्पन्न उक्त समारोह कलेज रिडर्स पत्रिकाद्वारा आयोजना गरिएको हो, जसमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि र ग्रिनविच विश्वविद्यालयकी उपकुलपति प्रोफेसर जेन ह्यारिङटन विशेष अतिथि रहेका थिए। कार्यक्रममा नेपालका विभिन्न विश्वविद्यालयका उपकुलपति र पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

निर्णायक मण्डलका प्रमुख तथा मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक बहादुर शाक्यका अनुसार, नेपालमा शैक्षिक उन्नयनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको हो।

राजदूत घिमिरेले यस्ता कार्यक्रमहरूले नेपाल–बेलायतबिचको शैक्षिक साझेदारी र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। कार्यक्रममा कलेज रिडर्सका कार्यकारी सम्पादक केशव नेपालले नेपाली शिक्षाले अन्तर्राष्ट्रिय स्तरमा क्रमशः पहिचान विस्तार गरिरहेको उल्लेख गरे।

सन् १८९० मा स्थापना भएको ग्रिनविच विश्वविद्यालय हाल १२५ भन्दा बढी देशका करिब २५ हजार विद्यार्थी अध्ययनरत एक प्रतिष्ठित सार्वजनिक संस्था हो। कार्यक्रममा विश्वविद्यालयकी कार्यकारी निर्देशक (मार्केटिङ तथा विद्यार्थी सम्बन्ध) क्लेयर म्याथ्यूजले नेपालका शैक्षिक संस्थाहरूसँग दीर्घकालीन सहकार्यका लागि ग्रिनविच विश्वविद्यालय उत्सुक रहेको बताइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड