काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले माध्यमिक तह तृतीय श्रेणी, नेपाली विषयको नतिजा प्रकाशित गरेको छ।
आयोगले मिति २०८१/०९/२८ गते प्रकाशित विज्ञापन अनुसार लिइएको लिखित तथा अन्तर्वार्तामूलक परीक्षामा सहभागी उम्मेदवारहरू मध्ये सफल उम्मेदवारहरूको नाम सिफारिस सूचीमा समावेश गर्दै नतिजा सार्वजनिक गरेको हो।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ (१) बमोजिम लिखित र अन्तर्वार्तामा प्राप्त अंकको औसतका आधारमा स्थायी नियुक्तिका लागि सिफारिस गरिएको आयोगले जनाएको छ।
आयोगको मिति २०८२/०६/२७ को निर्णयअनुसार सिफारिस समितिको निर्णय सार्वजनिक गरिएको हो। इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक वेबसाइट मा गएर “नतिजा” भन्ने विकल्प मार्फत नतिजा हेर्न सक्नेछन्।