काठमाडौँ – मैजुबहाल, चाबहिलस्थित रिभेरा इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक प्रज्वल कोइरालाको दोस्रो गीत ‘टप्प टिपी सयपत्री फूल’ आज औपचारिक रूपमा ओ.एस.आर. डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। सपन घिमिरेको शब्द र सङ्गीतमा तयार गरिएको यस गीतमा कोइरालाको सुमधुर स्वरले प्रेम, आत्मीयता र नेपाली सांस्कृतिक भावनालाई अभिव्यक्त गरेको छ।
गीतको म्युजिक भिडियो पशुपति श्रेष्ठको निर्देशनमा तयार गरिएको हो भने बिनोद रञ्जितले नृत्य निर्देशन सम्हालेका छन्। भिडियोमा रमेश पुन मगर र रिजु रञ्जित मुख्य कलाकारका रूपमा देखिएका छन्। साथै, रेजिना राई, नम्रता तामाङ, बिनिता तामाङ र स्वस्तिका पन्त कोरस कलाकारका रूपमा प्रस्तुत छन्।
भिडियोको साजसज्जा तथा भेषभूषा संयोजन कमला लामाले गरेकी छन्। गीत म्युजिक एन्ड भोइस स्टुडियोमा रेकर्ड गरिएको हो, जसको एरेन्ज चाँद सिंहले गरेका हुन्। भिडियोग्राफी तथा प्रमुख सम्पादन पशुपति श्रेष्ठकै जिम्मामा रहेको छ भने मीना श्रेष्ठले सह-सम्पादन गरेकी छन्।
भिडियोग्राफीमा सुमन मैनाली, ड्रोन संयोजनमा समीर ओली र पोस्ट प्रोडक्सनमा के.एस. फोटोग्राफी स्टेसनको योगदान रहेको छ।
गीत तथा म्युजिक भिडियोको सम्पूर्ण प्रोडक्सन संयोजन नरेन्द्र भट्टराईले गरेका हुन्। शैक्षिक क्षेत्रका साथसाथै संगीतमा पनि सक्रिय प्रधानाध्यापक कोइरालाको यस नयाँ प्रस्तुतिले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने विश्वास गरिएको छ।