Matra Education आइतबार, साउन १० २०८३

महिनौँ नतिजा ननिकाल्ने विश्वविद्यालयहरू विरुद्ध एक्सनमा मन्त्री पुन

महिनौँ नतिजा ननिकाल्ने विश्वविद्यालयहरू विरुद्ध एक्सनमा मन्त्री पुन

  • मात्र एजुकेशन
  • बुधबार, असोज ८ २०८२


काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले लामो समयसम्म परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत तीन बुँदे निर्देशन जारी गर्दै उनले यस सम्बन्धी निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्री पुनले केही विश्वविद्यालयले परीक्षा लिएर नतिजा निकाल्न आठ महिना देखि एक वर्षसम्म लगाउने गरेको भन्दै त्यसले विद्यार्थीलाई अपूरणीय क्षति हुने टिप्पणी गरे। अबदेखि तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिँदै उनले समयमा नतिजा प्रकाशन नगर्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनी दिएका छन्।

यस्तै, नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा कुनै पनि विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले प्रत्येक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्न मन्त्रालयलाई निर्देशन दिएका छन्।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा रहेको ठुलो क्षेत्रफलमा झाडी सफा गरेर (ठुला रुख नकट्ने सर्तसहित) बगैँचा र फुटपाथ बनाउन पनि उनले आदेश दिएका छन्। पुनका अनुसार यस कदमले विश्वविद्यालयलाई आकर्षक र व्यवस्थित बनाउन सहयोग गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड