Matra Education आइतबार, साउन १० २०८३

शिक्षामन्त्री बन्दै महावीर पुन, मागे पाँच महिनामा गर्न सकिने ठोस कामको सुझाव

शिक्षामन्त्री बन्दै महावीर पुन, मागे पाँच महिनामा गर्न सकिने ठोस कामको सुझाव

  • मात्र एजुकेशन
  • सोमबार, असोज ६ २०८२


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफ्नो कार्यक्षेत्रमा पाँच महिनाको अवधिमा गर्न सकिने र गर्नुपर्ने ठोस काम र आइडिया दिन अनुरोध गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्, ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’

पुनले आफूलाई फोन गरेर बधाई दिनुका साथै खादा, माला लिएर नआउन पनि भनेका छन् । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाको अवधिमा गर्न सकिने र गर्नुपर्ने ठोस काम र आइडिया भए ह्वाट्स एपमा सेयर गर्न भनेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड