Matra Education आइतबार, साउन १० २०८३

फेकनद्वारा जनरेशन जेड आन्दोलनप्रति सम्मान र ऐक्यबद्धता व्यक्त

फेकनद्वारा जनरेशन जेड आन्दोलनप्रति सम्मान र ऐक्यबद्धता व्यक्त

  • मात्र एजुकेशन
  • मंगलबार, भाद्र २४ २०८२


काठमाडौँ– स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) ले हालसालै भएको जनरेशन जेड आन्दोलनमा नागरिकहरूले देखाएको साहस, प्रतिबद्धता र लोकतान्त्रिक अधिकारप्रति गरेको दृढ आग्रहलाई उच्च सम्मानका साथ प्रशंसा गरेको छ।

संस्थाका महासचिव दिपेन्द्र पोख्रेलले सोमबार जारी गरेको विज्ञप्तिमा स्वतन्त्रता, समानता र न्यायका लागि युवा पुस्ताले दिएको योगदान सधैं प्रेरणादायी रहने उल्लेख गरिएको छ। संघले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र पीडित परिवारलाई धैर्य र सबलीकरणको शुभकामना समेत प्रकट गरेको छ।

“हामी दृढतापूर्वक विश्वास गर्छौँ कि प्रत्येक नागरिकले आफ्नो आवाज शान्तिपूर्ण ढंगले अभिव्यक्त गर्ने अधिकार लोकतन्त्रको आधारभूत तत्त्व हो,” विज्ञप्तिमा भनिएको छ। राज्यले नागरिकको आवाजलाई सम्मान गर्दै भविष्य निर्माणमा सहकार्य र समन्वयलाई प्राथमिकता दिनुपर्नेमा फेकनले जोड दिएको छ।

संघले राष्ट्रिय प्रगति र स्थायित्वका लागि संवाद, सहमति र आपसी सम्मानलाई दीर्घकालीन समाधानको प्रमुख आधारका रूपमा लिने धारणा राखेको छ। साथै, यस आन्दोलनलाई अवसरका रूपमा उपयोग गरी राष्ट्रिय एकता, शान्ति र सद्भावलाई अझ सबल बनाउन सबैलाई आह्वान गरेको छ।

May be an image of text

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड