Matra Education आइतबार, साउन १० २०८३

प्रतिनिधिसभाको आजको सम्भावित कार्यसूचीमा परेन विद्यालय शिक्षा विधेयक

प्रतिनिधिसभाको आजको सम्भावित कार्यसूचीमा परेन विद्यालय शिक्षा विधेयक

  • मात्र एजुकेशन
  • शुक्रबार, भाद्र ६ २०८२


काठमाडौँ- संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बाट हिजो पारित भएको विद्यालय शिक्षा विधेयक आज प्रतिनिधि सभामा पेस नहुने भएको छ। प्रतिनिधि सभा बैठकको आजको सम्भावित कार्यसूचीमा उक्त विधेयक नपरेको हो।

यस अघि समितिका सभापति अम्मर बहादुर थापाले आजकै बैठकको कार्यसूचीमा विधेयक राख्न सभामुखलाई अनुरोध गरिएको बताएका थिए। तर कार्यसूचीमा यो विधेयक परेको छैन।

समितिबाट पास भएको विधेयक प्रतिनिधिसभाले पारित गरिसकेपछि राष्ट्रियसभामा जान्छ । त्यसपछि राष्ट्रियसभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामै आउँछ । प्रतिनिधिसभाले त्यसपछि प्रमाणित गर्नका लागि राष्ट्रपति कहाँ पठाउँछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड