काठमाडौँ- विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार बसेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो। सर्वसम्मत पारित गर्न समितिले लामो कसरत गरेको भए पनि माओवादी केन्द्रसहित ३ दलको फरक मत सहित विधेयक बहुमतले पारित भएको हो।
माओवादी केन्द्रसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत पेस गरेको हो ।
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत, महिन्द्रराय यादवले फरक मत राखेका छन् भने रास्वपाका सांसद सुमना श्रेष्ठ र राप्रपाका सांसद बिना जैसवालले फरक मत राखेका हुन् ।
करिब ९ महिना अघि २०८१ मङ्सिरमा समितिमा आएको विधेयक पारित भए सँगै आगामी प्रतिनिधि सभा बैठकमा पेस हुने भएको छ।