काठमाडौँ- चाबहिल स्थित टेक्सास इन्टरनेसनल कलेजद्वारा आयोजित ‘टेक्सास आइटि एक्जिबिट–भोल्युम १’ भव्यताका साथ सम्पन्न भएको छ। विद्यार्थीहरूको सृजनशीलता, अनुसन्धान क्षमता र प्रविधि नवप्रवर्तनको उत्कृष्ट संयोजन बनेको यस प्रदर्शनीमा विभिन्न नवीन परियोजनाहरू प्रस्तुत गरिएका थिए।
टेक्सास इन्टरनेसनल कलेजका अध्यक्ष भेस राज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा सांसद तथा नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विशेष अतिथिका रूपमा काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष विमल होडा तथा वडा नम्बर ८ का अध्यक्ष अस्मान संगत रहेका थिए। कार्यक्रममा टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका चिफ अफ एकेडेमिक्स प्रा. डा. गोविन्द प्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, क्याम्पस प्रमुख श्याम सुन्दर श्रेष्ठ सहित अन्य प्रशासकहरू, विभिन्न विभागका विभाग प्रमुखहरू तथा अध्यापकहरूको उपस्थिति थियो। कार्यक्रममा टेक्सासका विद्यार्थीहरू सहित अन्य विभिन्न कलेज बाट ‘प्लस टु’ तह उत्तीर्ण गरेका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै टेक्सासका क्याम्पस प्रमुख श्रेष्ठले टेक्सासका विद्यार्थीहरूले सिर्जना गरेका परियोजनाहरू प्रदर्शनका लागि मात्रै नभई उनीहरूको क्षमताको प्रमाण पनि भएको उल्लेख गरे । यस्ता अवसरले उनीहरूलाई पढाइसँगै व्यावहारिक ज्ञान र आत्मविश्वास दिने उनको भनाई थियो। टेक्सासले गरेर सिक्नुपर्छ भन्ने कुरामा सदैव विश्वास गर्दै आएको उनले बताए।
कार्यक्रमका विशेष अतिथि ७ नं वडाका वडाध्यक्ष होडाले टेक्सास कलेज र विद्यार्थीहरूको पछिल्ला वर्षको उल्लेखनीय प्रगतिलाई स्मरण गर्दै आफू १५ वर्षदेखि यस विकासको साक्षी भएको बताए।
त्यस्तै अर्का विशेष अतिथि ८ नं वडाका वडाध्यक्ष संगतले विद्यार्थीहरूको ऊर्जा र प्रतिभाले राष्ट्र विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्दै कलेजलाई अझ प्रेरणादायी वातावरण सिर्जना गर्न आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथि थापाले कार्यक्रम अवलोकन गर्दै विद्यार्थीहरूले तयार पारेका परियोजनाहरूको उच्च प्रशंसा गरे। ती परियोजनाहरू बंगलादेशमा हुने सम्मेलनमा पिएचडी स्कलरद्वारा प्रस्तुत हुने खालका रहेको उनको भनाई थियो।
अर्का वडाध्यक्ष संगतले विद्यार्थीहरूको ऊर्जा र प्रतिभाले राष्ट्र विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्दै कलेजलाई अझ प्रेरणादायी वातावरण सिर्जना गर्न आग्रह गरे।
कार्यक्रमका सभापति पोखरेलले यस्तो प्रदर्शनीले विद्यार्थीको सिर्जनात्मकता, अनुसन्धान क्षमता र प्रविधि सीपलाई एउटै मञ्चमा ल्याएको बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई जीवनोपयोगी अनुभव मात्र नभई भविष्यमा नेतृत्व गर्ने आत्मविश्वास पनि प्रदान गर्ने बताए।
कार्यक्रममा आइटी सँग सम्बन्धित विभिन्न ३० वटा परियोजनाहरू राखिएको थियो भने करिब ५००० विद्यार्थीले अवलोकन गरेका थिए।