Matra Education आइतबार, साउन १० २०८३

टेक्सास इन्टरनेशनल कलेजमा सुरु भयो ‘ह्याकाथन २०२५’

टेक्सास इन्टरनेशनल कलेजमा सुरु भयो ‘ह्याकाथन २०२५’

  • मात्र एजुकेशन
  • शुक्रबार, साउन २ २०८२


काठमाडौँ – टेक्सास इन्टरनेशनल कलेज, चाबहिलमा ‘टेक्सास ह्याकाथन २०२५’ सुरु भएको छ। कलेजमा बिएससी सिएसआइटी र बिसिए अध्ययनरत विद्यार्थीहरूबाट बनेका १० वटा टोलीहरूले प्रतिस्पर्धामा सहभागिता जनाएका छन्। प्रतिस्पर्धात्मक रूपमा सुरु भएको कार्यक्रममा विजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछ।

व्यावसायिक विकास र व्यवहारिक ज्ञानमा आधारित सिकाइलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताहरू आयोजना गरिँदै आएको कलेजले जनाएको छ। वास्तविक जीवनका समस्या समाधान गर्ने सीप अभिवृद्धि गर्ने, विद्यार्थीहरूलाई उद्योगसँग सम्बन्धित सीप सिकाउने र भविष्यमा उद्यमशील बन्न प्रेरित गराउने लक्ष्यका साथ ह्याकाथन आयोजना गरिएको हो।

टेक्सास इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख श्यामसुन्दर श्रेष्ठका अनुसार कलेजले विद्यार्थीहरूको अध्ययनलाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक दक्षतामा समेत जोड दिँदै आएको छ। “हाम्रो उद्देश्य विद्यार्थीलाई सीपयुक्त बनाउने हो। उद्योग र बजारको आवश्यकतालाई बुझ्दै व्यावहारिक सिकाइमा जोड दिइरहेका छौँ,” मात्र एजुकेसन सँग श्रेष्ठले भने, “यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई समस्या समाधानमा सोच्न र व्यवहारिक रूपमा काम गर्न सिकाउँछ।”

श्रेष्ठका अनुसार ह्याकाथन जस्ता प्रतियोगिताहरूले विद्यार्थीलाई आत्मविश्वासी बनाउने, टिम वर्कमा काम गर्न सिकाउने र बजारसँग प्रत्यक्ष जोडिने अवसर प्रदान गर्छ। कलेजले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझ व्यवस्थित र नियमित बनाउँदै लैजाने योजना बनाएको उनले जानकारी दिए।

प्रतियोगिताको विजेता टोलीलाई नगद ५० हजार पुरस्कारसँगै प्रमाणपत्र प्रदान गरिनेछ। ह्याकाथनले विद्यार्थीहरूको व्यवहारिक क्षमता र सिर्जनात्मकतालाई अझ सशक्त बनाउने आयोजकको विश्वास छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड