Matra Education आइतबार, साउन १० २०८३

भानु जयन्ती तथा गुरुपुर्णिमाकाे अवसरमा शिक्षक संगठनको कविता वाचन प्रतियोगिता

भानु जयन्ती तथा गुरुपुर्णिमाकाे अवसरमा शिक्षक संगठनको कविता वाचन प्रतियोगिता

  • मात्र एजुकेशन
  • बिहिबार, साउन १ २०८२


काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौँ महानगर समितिले भानु जयन्ती तथा गुरुपुर्णिमाकाे अवसर पारेर दरबार हाईस्कुल, रानीपोखरीमा कविता प्रतियोगिता सम्पन्न गरेको छ। काठमाडौँ महानगरपालिका व्यापी माध्यमिक विद्यालय स्तरीय प्रतियोगितामा काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका ४२ जना विद्यार्थीहरुकाे सहभागिता रहेको थियो।

प्राध्यापक हेरम्बराज बास्तोला, कवि मञ्जु बस्नेत, कवि विपिन पाठक रहेको निर्णायक मण्डलको मूल्याङ्कनमा तरुण माविकी सदिक्षा पौडेल प्रथम, संस्कृत माविका स्पन्दन सापकोटा द्वितीय, स्वतिसदन इङ्लिस बोर्डिङ स्कुलकी सम्वृद्धि धिताल तेस्रो र पञ्चकन्या माविकी चाँदनी बोहराले चौथो स्थान हासिल गरेका थिए।

सङ्गठनका काठमाडौँ महानगर अध्यक्ष गणेश गुरागाईँको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट कवि, साहित्यकार र साहित्य प्रेमीहरूको जमघट रहेको थियो।
कार्यक्रमका बोल्दै प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष हंसबहादुर शाहीले शिक्षक सङ्गठन आफ्ना हक अधिकार माग्ने संस्था मात्र नभएर आफ्नो कर्तव्य प्रति पनि जिम्मेवार रहेको बताउनु भयो।

कार्यक्रममा कवि तथा साहित्यकार प्रा.डा. देवी नेपाल र कवि बलराम दाहालले कविता लेखनका लागि उत्प्रेरणा प्रदान गर्दै आफ्नो कविता वाचन गर्नुभएको थियो।

कार्यक्रम सञ्चालन सचिव बाबुराम शर्मा गर्नुभएको थियो। अध्यक्ष गणेश गुरागाईँले शिक्षकका क्षमता विकास तथा विद्यार्थीहरूका सिर्जनात्मक क्षमता उजागर गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिइने बताउनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड