Matra Education आइतबार, साउन १० २०८३

मनास्लु वर्ल्ड कलेजमा करोडौँ बराबरको छात्रवृत्ति परीक्षा शनिवार हुने

मनास्लु वर्ल्ड कलेजमा करोडौँ बराबरको छात्रवृत्ति परीक्षा शनिवार हुने

  • मात्र एजुकेशन
  • बिहिबार, असार १९ २०८२


काठमाडौँ – चुच्चेपाटी चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजले आगामी शनिवार असार २१ गते विशेष छात्रवृत्ति परीक्षा आयोजना गर्ने भएको छ। बिहान १० बजे र दिउँसो २ बजे गरी दुई चरणमा सञ्चालन हुने यो परीक्षामा सहभागी विद्यार्थीहरूलाई प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ।

कलेजले छात्रवृत्तिलाई एसईईको नतिजामा मात्रै सीमित नराखी फुटबल र बास्केटबल खेलाडी, नृत्य तथा गायनमा रुचि राख्ने विद्यार्थी र विभिन्न विषयमा अनुभव तथा नेतृत्व क्षमता भएका प्रतिभाशाली विद्यार्थीहरूलाई समेत समेट्ने जनाएको छ।

परीक्षाको नतिजाका आधारमा विद्यार्थीहरूले ५०%, ७५% र १००% सम्म छात्रवृत्ति प्राप्त गर्नेछन्। छात्रवृत्तिको यो अवसरले योग्य, इच्छुक र सक्षम विद्यार्थीलाई मनास्लुमा पढ्ने सपना साकार पार्न सहयोग गर्ने विश्वास कलेजको छ।

शिक्षा र सह–शैक्षिक गतिविधिलाई सँग सँगै लिएर अगाडि बढिरहेको मनास्लु वर्ल्ड कलेजले हरेक वर्ष आफ्ना विद्यार्थीहरूलाई विविध सम्मान र अवसरमार्फत प्रेरित गर्दै आएको छ। छात्रवृत्ति परीक्षण पनि त्यही निरन्तरता भएको कलेज प्रशासनको भनाइ छ।

मनास्लुको विशेषता बारे बुझ्न मात्र एजुकेसनले तयार गरेको यो विशेष सामग्री पढ्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड