काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले दिएको जानकारी अनुसार ६१.८१ % ग्रेडेड भएका छन्। गत वर्ष भन्दा यो वर्ष नतिजा सुधारिएको उनले बताए। सबैभन्दा धेरै विद्यार्थी गणित विषयमा ननग्रेडेड भएका छन्।
सार्वजनिक गरिएको नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० जिपिए ल्याएका छन् । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना, २.४ जिपिए देखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना विद्यार्थी वर्गीकृत भएका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए । १ लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अबर्गिकृत भएको छ ।
