Matra Education आइतबार, साउन १० २०८३

मनास्लु वर्ल्ड कलेजले गर्‍यो कलेज एम्बासडरको नियुक्ति

मनास्लु वर्ल्ड कलेजले गर्‍यो कलेज एम्बासडरको नियुक्ति

  • मात्र एजुकेशन
  • शुक्रबार, असार १३ २०८२


काठमाडौँ- चुच्चेपाटी चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजले कलेज एम्बासडरको नियुक्ति गरेको छ। आज एक विशेष कार्यक्रमको आयोजना गर्दै शैक्षिक सत्र २०८२/८३ का लागि कलेज एम्बासडर नियुक्त गरिएको हो।

कार्यक्रम मार्फत कलेजले “मिस्टर एण्ड मिस मनास्लु २०८१” का विजेता अस्विन गुरुङ र रोशिन ढकाललाई आधिकारिक रूपमा कलेज एम्बासडरको रूपमा नियुक्त गरेको हो। कलेजले हरेक वर्ष आयोजना गर्ने सौन्दर्य तथा व्यक्तित्व विकास केन्द्रित प्रतिस्पर्धा मिस्टर तथा मिस मनास्लुका विजेताहरू मध्येबाट कलेज एम्बासडर छनोट गर्दै आएको छ।

कलेजका अध्यक्ष गेन्द्र लामाका अनुसार, एम्बासडरको चयन गर्नु अगावै विद्यार्थीलाई विभिन्न कार्यशाला, तालिम, नेतृत्व विकास कार्यक्रम र सार्वजनिक गतिविधिमा सहभागी गराइने गरिएको छ। उनले भने, “हामी नेतृत्व गर्न सक्ने पात्र तयार पार्छौँ र त्यसपछि मात्र कलेज एम्बासडरको जिम्मेवारी दिइन्छ। नेतृत्व विकास हाम्रो शैक्षिक अभ्यासको केन्द्रमा छ।”

मनास्लु वर्ल्ड कलेजले विद्यार्थीहरूलाई शैक्षिक मात्र नभई व्यवहारिक र व्यावसायिक रूपमा पनि दक्ष बनाउन विभिन्न सिपमूलक तालिम र कार्यक्रममा सहभागी गराउँदै आएको छ। कलेज एम्बासडरले आगामी दिनमा कलेजका प्रतिनिधिका रूपमा विभिन्न भौतिक तथा डिजिटल कार्यक्रमहरूमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यस प्रकारको अभ्यासले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकास गर्न सहयोग पुर्‍याउने कलेजको विश्वास छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड