काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज (शुक्रवार) नै सार्वजनिक हुने भएको छ। भर्खरै सम्पन्न बोर्ड बैठकले साँझ ५ बजे दोस्रो बोर्ड बैठक बस्ने र त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। साँझ ६ बजे सम्म नतिजा प्रकाशित हुने बुझिएको छ ।
२०८१ चैत ७ चैतदेखि सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।