Matra Education आइतबार, साउन १० २०८३

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित

  • मात्र एजुकेशन
  • आइतबार, असार ८ २०८२


काठमाडौँ- नेकपा एमाले निकट शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा निवर्तमान महासचिव हंसबहादुर शाही निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न १४ औँ राष्ट्रिय सम्मेलनले शाहीको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । नयाँ कमिटीको वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, महिला उपाध्यक्षमा अम्बिका चापागाईँ निर्वाचित भएका छन् ।

यस्तै, महासचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा नरबहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा बेणु काफ्ले निर्वाचित भएका छन् ।

अध्यक्ष पदका लागि शाहीसँगै कमला थापा र यमबहादुर कुँवर आकांक्षी थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड