Matra Education आइतबार, साउन १० २०८३

एसइईको नतिजा अझै केही हप्ता कुर्नुपर्ने, उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा

एसइईको नतिजा अझै केही हप्ता कुर्नुपर्ने, उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा

  • मात्र एजुकेशन
  • मंगलबार, असार ३ २०८२


काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आउने आशामा बसेका विद्यार्थीहरूलाई अझै केही हप्ता कुर्नुपर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा असारको तेस्रो सातातिर मात्र सार्वजनिक हुने जनाएको छ।

यस अघि यो वर्ष असारको पहिलो साता भित्र नतिजा सार्वजनिक गर्ने घोषणा बोर्डले गरेको थियो। तर, अप्रत्याशित रूपमा चैत २० गतेदेखि करिब एक महिना लामो शिक्षक आन्दोलनले तालिका अस्तव्यस्त हुँदा नतिजा प्रकाशन मिति धकेलिएको हो।

परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराई भन्छन्, “शिक्षकहरूले २९ दिन काम ठप्प पार्नुभयो, त्यसमाथि आउजाउका दिन थपिए। मूल्यांकन सुरु नै ढिलो भयो, त्यसैले नतिजा पनि पछि धकेलिएको हो।”

हाल मूल्यांकन कार्य भने लगभग टुंगोमा पुगेको बोर्डको भनाइ छ। कतिपय केन्द्रमा अझै उत्तरपुस्तिका परीक्षण भइरहेको भए पनि अधिकांश ठाउँमा काम अन्तिम चरणमा पुगेको छ। डा. भट्टराईले भने, “बिहानदेखि बेलुका सम्म कर्मचारी खटाएर काम गरिरहेका छौँ। मूल्यांकन सकिएपछि इन्ट्री, रुजु र नतिजा तयारीमा लाग्नेछौँ। त्रुटि नहोस् भनेर विशेष ध्यान दिइनेछ।”

यसपटकको एसइई परीक्षा चैत ७ देखि सुरु भएर सम्पन्न भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कूल ४ लाख ९९ हजार १८३ जना विद्यार्थी सहभागी भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड