Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ को परीक्षा आज बाट सुरु

कक्षा १२ को परीक्षा आज बाट सुरु

  • मात्र एजुकेशन
  • आइतबार, बैशाख २१ २०८२


काठमाडौँ- आज बिहान बाट देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सुरु भएको छ। आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षा
बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । त्यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था गरिएको छ ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड